Monday, July 30, 2018

दाङ आएकि बिमला भन्छिन- ‘श्रीमानको उपचारमा सबै सम्पत्ति सकियो, अब छोरालाई कसरी बचाउँ ? पुरा हेर्न पढ्न फोटो मा किलिक गर्नु होला 👇👇


साउन १४, दाङ । अनेकौँ समस्याका वावजुत पनि उज्यालो भविष्यको खोजी सबैलाई हुन्छ । यहि उज्यालो भविष्यको खोजीमा जीवनमा ठूलै संघर्ष गर्नुपरेको छ, बिमला बेल्वासेलाई ।

श्रीमान खिमप्रसादको दुवै मृगौलामा समस्या आयो । पाँच वर्षसम्म डाईलासिस गर्नुपर्‍यो । भेन्टीलेटरमा पनि राख्नु पर्‍यो । श्रीमानको उपचारमा भएको सबै सम्पत्ति सकियो । अहिले उनका श्रीमान उपचारको लागि भारतको दिल्ली गएका छन् ।

यिनै बिमलालाई अर्काे समस्याले घेर्‍यो । श्रीमानको उपचार हुदै गर्दा छोरा विशेषलाई अनौंठो रोगले सतायो । सुरुमा अनुहारमा कालो कोठि जस्तै फोका उठ्यो । बिस्तारै आकार बढ्दै गयो । अनुहार पुरै छोपिन थाल्यो । नाक, गाला वरिपरी मासु पलाउन थाल्यो । झन पछि झन समस्या बढ्दै गयो ।

उपचारका लागि काठमाडाैँमा नाम चलेका अस्पताल पुर्‍याइयो । छोरा विशेषलाई जीन समस्याले यस्तो भएको डाक्टरहरुले पत्ता लगाए । यसको उपचार नेपालमा सम्भव छैन् । भारतको अस्पतालमा उपचार गर्दा कम्तिमा ५०/६० लाख भारु रुपैयाँ लाग्ने चिकित्सकहरुले बताएपछि बिमलाको होस हवास नै उडेको छ ।


‘श्रीमानको उपचारमा भए भरको सबै सम्पत्ति सकियो । छोराको उपचार कसरी गर्ने ? बिमलाले भनिन्–‘आमा बुवाको मन त हो, सन्तानको माया सबलाई हुन्छ । कलिलै उमेरमा ठूलै रोगले समात्यो ।

उपचार गरेर नयाँ जीवन दिन सकिन्छ । सबैसँग अनुरोध गर्छु, हामीलाई सहयोगको खाँचो छ ।’ अर्घाखाँचि भूमिकास्थान–१ घर भएकी बिमला लमही–६ देउपुर माइत आएकी छिन् ।

जीनमा समस्या देखिनु लाखौँ व्यक्ति मध्ये एक/दुई जनामा यस्तो समस्या देखिन्छ । छोराको जीवन रक्षाको लागि सहयोग माग्न बिमला माईत आएकी हुन् । ‘भएको जमिन र गरगहना बेचेर श्रीमानको उपचार गरे, छोरा बचाउन के गरौँ, अब त बेचौँ भनेपनि केही छैन, भक्कानिँदै उनले भनिन् ‘छोरोलाई बचाउन मन छ तर उपचार खर्च कहाँबाट ल्याउने ?

विशेषमा ट्यूमरको समस्या पनि थियो । ट्यूमरको सल्यक्रिया गरियो । तर, अनुहारमा मासु पलाउने समस्या नरोकिएपछि जिन फेरेर थेरापी गरेपछि रोग निको हुने चिकित्सकले बताएका छन् । आफन्तहरुले विशेष बचाउ अभियान पनि चलाएका छन् ।

छोराको जीवन बचाउन अपिल गर्दै कृषि विकास बैंकमा ०२१२१०१२३४०२९०११ नम्बरको खाता समेत खोलिएको छ । लमहीका युवा व्यवसायि कृष्ण घिमिरेले विशेष बचाउ अभियानलाई सहयोग गर्न सबैमा अनुरोध गरेका छन् ।

साभार पोष्टपाटीबाट साभार

No comments:

Post a Comment

Budilai English Siknu Paryo re Nepali Short Comedy Movie

She ended up as the winner among 16 different finalists in the exhibition hung on Sunday (August 20) at Grand Center in Plano, Texas. ...